काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले संसदमा जारी गत्यावरोध अन्त्यको प्रयास गरेका छन् । सिंहदरबारमा सोमबार बसेको सर्वदलीय बैठकमा लामिछानेले संसदमा जारी गत्यावरोध कसरी अन्त्य गर्न सकिन्छ भन्नेबारे संवाद् गरेका हुन् । रास्वपा महामन्त्री एवं संसदीय दलका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले संसदमा जारी गत्यावरोध अन्त्य गर्नेबारे विपक्षी दलहरुसँग छलफल गरेको जानकारी दिए । ‘बैठकमा…