काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदका लागि खुला गरेको विज्ञापन नरोकिने बताएका छन् । संघीय संसद्को राज्य व्यवस्था समिति बैठकमा बाेल्दै मन्त्री पण्डितले मन्त्रालयको सिफारिसमा लोकसेवाले गरेको विज्ञापन प्रदेश लोकसेवा आयोग गठन नभएको हुनाले समायोजन ऐनअनुसार लोक सेवा आयोगले नै विज्ञापन गर्ने बताए । त्यही अनुरुप…