काठमाडौं – निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि नबढाउन निर्देशन दिएको सर्वोच्च अदालतलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जवाफ दिएका छन् । उनले उक्त विमानस्थलका विषयमा बहस गर्न आफैं जाने बताएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन स्थापना दिवसको उपलक्ष्यमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै पर्यटनमन्त्री भट्टराईले देशको भविष्यसँग जोडिएको उक्त आयोजनाका लागि…