उपनिर्वाचनमा नेकपाले खाता खोल्यो, विप्लवको किल्ला थवाङबाट विजयी

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ । नेकपाका जनकबहादुर बुढामगर वडाध्यक्ष विजयी भएका हुन् । उनले १७४ मत पाए । निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले मात्र २६ मत पाएका छन् । यो वडामा कुल मतदाता १२८४ थिए ।…