काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पाँचथरको आरुबोटेमा भएको ९ जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् । गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रिय सभाको बैठकमा बोल्दै त्यस विभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै हत्याकाण्डको यथार्थं विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले त्यस हत्याकाण्डको अनुसन्धानमा सक्दो सहयोग…