काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले नेकपा प्रदेश २ का अध्यक्ष प्रभू शाहले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिमण्डल पुनर्गठन गरेपछि यसै विषयलाई लिएर पूर्व मन्त्री समेत रहेका अध्यक्ष साहले सामाजिक संजालमा लेखेका थिए, ‘कार्यसम्पादनको आधारमा मंत्रिपरिषद पुनर्गठन गर्ने…