बैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृतिको अन्त्य गर्छु : श्रममन्त्री यादव

काठमाडौं – नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृतिको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्रीको शपथपछि बिहीवार अपराह्न मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री यादवले स्वदेशमै रोजगारी सिर्जना गरेर युवालाई विदेश जानबाट रोक्ने बताए । ‘वैदेशिक रोजगारीको व्यवस्थापन गनरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा हुँदैन,’ मन्त्री यादवले…