डा. केसीको समर्थनमा बाबुराम र सुशीलासँगै मनिषा कोइराला पनि सडकमा

काठमाडौं - आमरण अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै राजधानीको माईतीघर मण्डलामा विशाल जनप्रर्दशन भएको छ । सोलिडारिटी फर डा केसी अलायन्सको ब्यानरमा भएको प्रर्दशनमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, अभिनेत्री मनिषा कोइराला, मानवअधिकारकर्मी कृष्ण पहाडीसँगै देखिएका छन् । त्यस्तै विवेकशिल साझा पार्टीका रविन्द्र मिश्र,नेत्री हिसिला यमी, करिष्मा मानन्धर लगायत अधिकारकर्मी, कानुनव्यवसायी,…