पर्यटनमन्त्रीद्धारा युएईसँगको हवाई सम्झौतामा हस्ताक्षर

काठमाडौं – नेपाल र सयुक्त अरब इमिरेट्स(युएई)बीच द्विपक्षीय हवाई सम्झौतामा हस्ताक्षर भएको छ । नेपालका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र युएईका तर्फबाट अर्थमन्त्री सलमान विन सइद अलमन्सुरीले द्वपक्षीय हवाई सम्झौतामा हस्ताक्षर गरेका हुन् । यसअघि युएईसँग सैद्धान्तिक सम्झौतामात्र भएको भएपनि यो पटक द्विपक्षीय अन्तिम हस्ताक्षर क्यानडाको मन्ट्रियलमा जारी आइकाओको ४०…