गृहमन्त्रीकाे दाबी : कुमार पौडेल दोहोरो झडपमै मारिएका हुन्

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा (बादल)ले गएको असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा प्रहरीको गोली प्रहारबाट विप्लवका सर्लाही इञ्चार्ज कुमार पौडेलको ज्यान गएको घटनाको जवाफ दिएका छन् । संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा मन्त्री थापाले गस्तिमा रहेका प्रहरीलाई लक्षित गर्दै आक्रमण गर्न थालेपछि प्रहरीले गरेको जवाफी कारवाहीमा  पौडेल…