विराटनगर- पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालले भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सहयाेग गर्नुपर्ने बताएका छन् । विराटनगरमा चार तारे बिग होटलको शनिबार साँझ उद्घाटन गर्दै उनले छिमेकी भारतमा यहाँको हिमाली पदयात्रालगायत धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नसकेमा यस क्षेत्रमा पर्यटकको कुनै कमी नहुने बताएका हुन् । विराटनगर–जोगवनी रोडमा अवस्थित आठ कट्ठा…