काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले ल्याएको मिडिया विधेयक संसदबाट अघि बढाउन नदिने चेतावनी दिएका छन् । सरकारले संसदमा पेश गरेको प्रेस स्वतन्त्रता, मानव अधिकार र राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयमा संविधानको प्रतिकूल हुने गरी आएका विधेयक संसदबाट फिर्ता नभए सडक आन्दोलन चर्काउने चेतावनी दिएका छन् । पार्टीको राष्ट्रिय जागरण अभियान अन्तर्गत आइतबार…