सरकारलाई काङ्ग्रेसले संस्कार सिकाउँछः पूर्व राज्यमन्त्री शाह

सिन्धुली – नेपाली काङ्ग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहले अहिलेको सरकारलाई नेपाली काङ्ग्रेसले लोकतान्त्रिक संस्कार सिकाउने बताएका छन् । सरकारले चालेका पछिल्ला गतिविधि अलोकतान्त्रिक भएको भन्दै उनले प्रतिपक्षको तर्फबाट सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउने बताएका हुन् । सोमबार सिन्धुलीमाढीमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले सरकार अलोकतान्त्रिक भएको र जनभावनाविपरीत विभिन्न गतिविधि…