काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई चुनावमा हराउनेहरु आफूविरुद्ध उत्रिएको दाबी गरेका छन् । सभापति देउवाले शुक्रबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको ११औं राष्ट्रिय महाधिवेशनमा बोल्दै दुई कम्युनिष्ट पार्टी मिल्दा कांग्रेसले हारेको र त्यो हारको दोष आफूलाई मात्रै लाउने गरेकोमा आपत्ति जनाए । मञ्चमै रहेका नेता कृष्णप्रसाद सिटौलालाई सभापति देउवाले पुष्पकमल दाहाललाई मिलाउनका…