नख्खु बम विस्फोट: हेमन्तप्रकाशसहित ६ जना पुर्पक्षका लागि जेल चलान

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तत्कालिन मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’सहित ६ जना पुर्पक्षका लागि जेल चलान भएका छन्। १० फागुनमा ललितपुरको नख्खुमा रहेको एनसेल मुख्यालय अगाडि एक जनाको मृत्यु हुने गरी भएको बम विष्फोटमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनीसहितलाई जिल्ला अदालत, ललितपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। उनीसहित शिव धमला भन्ने…