देश २ प्रकारका अतिवादको खतरासँग जुधिरहेको छ : प्रचण्ड

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने आमनिर्वाचनको पूर्वसन्ध्यामा भिडियो सन्देशमार्फत जारी सम्बोधनमा देश २ प्रकारका अतिवादको खतरासँग जुधिरहेको बताएका छन् । उनले सडक र सदन दुवैबाट खबरदारी गर्दा पनि ओली सरकार नसुध्रिएका कारण कुशासनको फल स्वरुप देश अराजकताउन्मुख बनेको बताएका हुन् । एकातर्फ जनताको आक्रोश र निराशालाई…