सरकार ढुक्कसँग ३ वर्ष चल्ने भएपछि बाहिरका दललाई छटपटाहट भयो : उपमहासचिव ज्ञवाली

काठमाण्डु – नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकार ढुक्कसँग ३ वर्ष चल्ने भएपछि बाहिरका दललाई छटपटाहट भएको टिप्पणी गरेका छन् । एमाले पर्वतले आईतबारदेखि सञ्चालन गरेको ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार २०८४ सालसम्मै टिक्ने दाबी गरे । ‘सरकार ढुक्कसँग ३ वर्षसम्म चल्ने भयो भनेपछि सरकार बाहिर रहेका दललाई छटपटाहट…