काठमाण्डु - शिक्षा, विज्ञान र प्रविधिमन्त्री महावीर पुनले युवालाई आउदो २१ फागुनमा हुने चुनावको तयारीमा लाग्न अनुरोध गरेका छन्। उनले बाँडिएर होइन, एकजुट भएर निर्वाचनमा भाग लिन युवालाई अनुरोध गरेका हुन्। योग्य, नैतिकवान् र दृढ सङ्कल्प भएको युवा जन प्रतिनिधिहरू छान्न कत्ति पनि झैझगडा नगरीकन सङ्गठित रूपमा चुनावमा भाग लिने तयारीमा लाग्न पनि उनले आह्वान…