काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी क्षेत्रसँगको सहकार्यमार्फत तीव्र आर्थिक उन्नति गर्ने पक्षमा रहेको बताएका छन्। चेम्बर दिवस २०७५ तथा नेपाल चेम्बर अफ कमर्शको ६८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले तीव्र र चौतर्फी विकास सरकारको चाहना भएको दोहोर्याए। सरकार निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “तपाईंहरु ढुक्क…