संविधान संशोधनमा अगाडि बढ्यो एकीकृत समाजवादी, उपाध्यक्ष ज्वालालाई कार्यदलको नेतृत्व

काठमाण्डु – संविधान संशोधनको मुख्य एजेन्डा बोकेर सरकार बनाएका नेपाली कांग्रेस र नेकपा एमालेले औपचारिक प्रक्रिया अगाडि नबढाए पनि प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादी संविधान संशोधन प्रक्रियामा अगाडि बढेको छ । मंगलबार बसेको एकीकृत समाजवादीको बैठकले संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ, जसको नेतृत्व उपाध्यक्ष प्रकाश ज्वालालाई दिइएको छ । कार्यदलको सदस्यमा गरिमा शाह,…