राप्रपाले भृकुटीमण्डपमा आमसभा गर्न नपाउने भएपछि बोलायो आकस्मिक बैठक

काठमाण्डु - राष्ट्रिय प्रजातन्त्र पार्टीको आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैँछ । बैठक आज दिउँसो ३ बजे धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ । राप्रपाले २६ चैतमा प्रदर्शन र सभा आयोजना गरेपनि जिल्ला प्रशासन कार्यालय काठमाण्डुले भृकुटीमण्डपमा राप्रपालाई सभा गर्न नदिने भएपछि बैठक बोलाइएको हो । राप्रपाले माग गरेको भृकुटीमण्डपमा जिल्ला प्रशासन कार्यालय काठमाण्डुले शिक्षक आन्दोलन र अन्य…