काठमाण्डु- थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् सिनावातबीच बुधबार भेटवार्ता हुँदैछ । थाइल्याण्डका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो । यो भ्रमणले दुई देशबीचको सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी…