माओवादीको अभियानले दक्षिण नेपालमा नयाँ भरोसा जगाउँदैछ : अध्यक्ष प्रचण्ड

महोत्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले अघि बढाएको तराई–मधेश जागरण अभियानले दक्षिण नेपालका लाखौं जनतामा नयाँ भरोसा जगाउँदै लगेको बताएका छन् । जनतासँग माओवादी, तराई–मधेश जागरण अभियानको क्रममा महोत्तरीको मटिहानीमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखे । अध्यक्ष प्रचण्डले झापाबाट सुरु गरेर मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा हुँदै…