कम्युनिष्ट आन्दोलनको रूपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक छ : प्रचण्ड

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनको एकता र रूपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन् । नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा माओवादी केन्द्र केन्द्रीय कार्यालयले बुधबार काठमाण्डुमा आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखे ।…