काठमाण्डु – आन्दोलनका क्रममा बालुवाटारबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदसहित ५१ नेता–कार्यकर्तालाई प्रहरीले रिहा गरेको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै बालुवाटार पुगेका सांसद अशोक चौधरीसहित ५१ जनालाई प्रहरीले नियन्त्रणमा लिएकोमा मंगलबार साँझ रिहा गरेको हो । काठमाण्डु उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक…