राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक–२०८० सर्वसम्मतिले पारित

काठमाण्डु– राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक, २०८० सर्वसहमतिले पारित भएको छ। सोमबार बसेको राष्ट्रिय सभाको बैठकले मिडिया काउन्सिल विधेयक, २०८० सर्वसहमतिले पारित गरेको हो। बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पारित गर्न प्रस्ताव पेश गरेका थिए भने राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको घोषणा गरे।