काठमाण्डु-संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १२ बजे सिंहदरबारस्थित कानून न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा बस्नेछ । प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित हुनेछन् । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०८४ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।…