नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीमा प्रचण्ड र माधव नेपाललाई मुख्य जिम्मेवारी

काठमाण्डु – विभिन्न कम्युनिष्ट घटकहरू मिलेर नयाँ घोषणा गरिएको नेपाल कम्युनिष्ट पार्टीमा पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई मुख्य जिम्मेवारी दिइएको छ । बुधबार काठमाण्डुको भृकुटीमण्डपमा आयोजित औपचारिक कार्यक्रममार्फत पार्टी एकता घोषणा गरिएको छ । कार्यक्रममा पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाललाई जिम्मेवारी दिइएको छ । नेता महेन्द्रराय यादवले संयोजक र…