काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले एकता महाधिवेशनमार्फत महेश श्रेष्ठलाई अध्यक्षमा चयन गरेसँगै एनआरएनएमा २ अध्यक्ष भएका छन् । यसअघि ११औं महाधिवेशनबाट अध्यक्ष बनेका डा.बद्री केसीले अध्यक्षकै भूमिकामा वालुवाटारस्थित केन्द्रीय कार्यालयबाट सचिवालय सञ्चालन गर्दै आएका छन् । शनिबार बौद्धस्थित हायात होटलमा परराष्ट्रमन्त्री डा. आरजु देउवा राणाले डा. शेष घले नेतृत्वको उच्चस्तरीय समितिले आयोजना…