प्रधानमन्त्री ओलीसँग भाजपा नेता चौथाइवालेको भेटवार्ता

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) विदेश प्रमुख विजय चौथाइवालेले बिहीबार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा २ देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको जनाइएको छ । बुधबार काठमाण्डु आएयता चौथाइवालेले राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरिरहेका छन् । उनले नेपाली कांग्रेसका सभापति…