काठमाण्डु- एमालेले गण्डकी प्रदेश सरकारमा मन्त्रीहरूको नाम टुंगो लगाएको छ । मन्त्रालयको संख्या फुटाएर ९ बनाइए पछि एमालेले आज मन्त्रीहरूको नाम टुंगो लगाएको हो । गण्डकीमा एमालेबाट ४ जना मन्त्री बन्दैछन् । बागलुङका कृष्ण पाठक, नवलपुरकी पद्मा जिसी, कास्कीका प्रकाशबहादुर केसी र पर्वतका मित्रलाल बस्यालको नाम एमालेले टुंग्याएको छ । संसदीय दलका नेता खगराज अधिकारीले…