सडक आन्दोलन गर्ने रास्वपा सांसदहरू विरुद्धको मुद्दामा सर्वाेच्चद्वारा अन्य आदेश

काठमाण्डु – सभापति रवि लामिछाने पक्राउ परेपछि सडक आन्दोलन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरूविरूद्ध दायर गरिएको अदालतको अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ‘अन्य आदेश’ गरेको छ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अवहेलना निवेदनमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले फाइल र अन्य विवरण मगाउने आदेश गरेको छ…