काठमाण्डु–काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई हुलाक र इमेलमार्फत जरिवाना पत्र पठाएको छ । हिजो भौतिक रूपमा लिन नमानेपछि आज महानगरले जरिवाना पत्र हुलाक र इमेलमार्फत पठाएको हो । आइतबार जरिवाना पत्र लिएर पार्टी कार्यालय च्यासल पुगेको महानगरको टोली एमालेले पत्र बुझ्न अस्वीकार गरेपछि यसै फर्किएको थियो ।दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको…