काठमाण्डु – नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले भोलि शुक्रबार काठमाण्डुमा गर्न लागिएको जागरणसभा विभाजनकारी शक्तिविरुद्ध भएको बताएका छन् । नेकपा एमाले काठमाण्डु, ललितपुर र भक्तपुरले संयुक्त रूपमा शुक्रबार काठमाण्डुमा आयोजना गर्न लागेको कार्यक्रम बिखण्डनकारी शक्तिविरुद्ध उपत्यकाको जनप्रदर्शन भएको ढुङ्गेलले बताए । अराजकतावादीहरूविरुद्ध नेकपा एमालेले आफ्नो असली रूप भोलिको कार्यक्रममा देखाउने उनले स्पष्ट…