काठमाण्डु – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन गरिने बताएका छन् । बुधबार काठमाण्डुमा नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनको ३५औं स्थापना दिवसको अवसरमा संविधान कार्यान्वयनमा कानूनी तथा वित्तीय सुशासन सम्बन्धी छलफलमा भाग लिँदै सभापति देउवाले संविधान संशोधनको विषय प्रस्ट पारे । भारत लगायतका देशमा पनि सोही व्यवस्था रहेको…