काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा आन्दोलन गर्ने/नगर्ने विषयमा विवाद भएको छ । मंगलबार पार्टी कार्यालय चःमतिमा बसेको आकस्मिक केन्द्रीय समिति बैठकमा अब पक्राउको विरोधमा आन्दोलन गर्ने कि नगर्ने भन्नेबारे विवाद भएको हो । बैठकमा उपसभापति अर्यालले सभापति लामिछाने पक्राउविरुद्ध दोस्रो चरणको आन्दोलन चर्काउनु…