काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग बिहान आफ्नै निवास बुढानीलकण्ठमा छलफल गरेका छन् । भेटमा समसामयिक राजनीतिक घटनाक्रम र उपनिर्वाचन तयारीलगायत विषयमा कुराकानी भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । केही समयदेखि गृहजिल्ला डडेल्धुरामा रहेका देउवाले १६ मंसिरमा हुन लागेको ३३ जिल्लाका स्थानीय तहका ४४ पदको उपनिर्वाचनबारे…