काठमाण्डु- ओखलढुंगाको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत ओखलढुंगामा जिल्ला समन्वय समिति प्रमुखको निर्वाचन हुँदै थियो । जसमा आइतबार मनोनयन दर्ताको कार्यक्रम थियो । जसमा कांग्रेसका टेकराज भट्टराईले मात्र उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीका…