सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पद बहाली

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार पदबहाली गरेका छन् । पदबहाली गर्दै उनले प्रदेशमा बजेट शून्यताको अवस्था चाँडै अन्त्य गर्ने प्रतिबद्धता जनाए । ‘बजेट शून्यताको अन्त्य गर्न सचिवहरूसँग छलफल गरेर राजस्व संकलन र दैनिक खर्चको निकास छिट्टै दिन्छौं,’ उनले भने । आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश सभामा प्रस्तुत बजेटमाथि छलफल…