काठमाण्डुको उपनिर्वाचनका लागि एमालेका चारै उम्मेदवारको सर्वसम्मत टुंगो

काठमाण्डु – नेकपा एमालेले काठमाण्डुमा हुने उपनिर्वाचनका लागि ४ वटै पदका उम्मेदवारको सर्वसम्मत टुंगो लगाएको छ । जिल्ला कमिटीको बुधबार बसेको बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित सबै उम्मेदवारको टुंगो लगाएको जिल्ला इन्चार्ज आनन्द पोखरेलले बताए । महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठकले कीर्तिपुरको मेयरमा केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको छ ।…