काम गर्न नसक्नेहरू पदमा नरहने मन्त्री भण्डारीको घोषणा

काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले काममा हुने ढिलासुस्तीलाई अन्त्य गर्न मातहतका निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । शुक्रबार मन्त्रालयमा मातहतका महाशाखा, विभाग तथा आयोजना कार्यालयका प्रमुखसँगको समीक्षा बैठकमा उनले काम गर्न नसके मार्ग प्रशस्त गर्न समेत आग्रह गरे । ‘हामी आगामी कार्यक्रम समय तोकेरै निर्धारण गर्नेछौं र सोहीबमोजिम कार्य सम्पादन गर्नुपर्छ,’…