काठमाण्डु-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको वर्तमान सरकारले राम्रो काम गरिरहेको बताएका छन् । शुभ दिपावली तथा छट पर्वको अवसरमा शनिवार भक्तपुरमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले ‘हनिमुन डेज’मै राम्रो काम गरेको बताए । आफूले कांग्रेस–एमालेसहितको संयुक्त सरकार भएको आधारमा तारिफ नगरी प्रधानमन्त्री ओलीले गरेको कामको आधारमा वर्तमान सरकारको…