टीआरसीमा सहमति जुटेपछि जनार्दन शर्माले भने–१७ वर्ष ८ महिना ११ दिन पछि शान्ति प्रक्रिया टुंगिने बाटो तिर

काठमाण्डु-संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी)मा तीन मुख्य दलबीच सहमति जुटेपछि माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले प्रसन्नता व्यक्त गरेका छन् । टिआरसीमा दलहरूबीच रहेको विवाद टुंग्याउन गठन भएको तीन सदस्यीय कार्यदलले आज महत्वपूर्ण विषयमा सहमति जुटाएको छ । कार्यदलले द्वन्द्वकालको हत्याको परिभाषा, मेलमिलाप र क्षमादानमा पीडितको सहमति अनिवार्य हुने तथा गम्भीर मानवअधिकार उल्लंघनका विषयमा फौजदारी मुद्दा…