चरीकोट – नेपाली कांग्रेसका दोलखा प्रतिनिधिसभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले ‘जेनजी’ आन्दोलनका क्रममा नेताहरूको घरमा भएको आगलागी र त्यहाँ भेटिएको भनिएको पैसाको विषयमा सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् । शनिबार भीमेश्वर नगरपालिकाको रामकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कुनै पनि राजनीतिक दलको घरमा भेटिएको भनिएको पैसाको सत्यतथ्य बाहिर ल्याउन सरकार, अख्तियार, सीआईबी र प्रहरीले…