काठमाण्डु - नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो । बैठक एमालेसँग नयाँ सरकार गठनका लागि भएको सहमतिका विषयमा केन्द्रित हुने कांग्रेस नेताहरूले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिए कसरी अगाडि बढ्ने, राष्ट्रिय सहमतिको सरकारका लागि कसरी पहल…