काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी दक्षिण कोरियाको भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली समकक्षी इन्क्यो च्योङको निमन्त्रणामा उनले ५ दिने औपचारिक भ्रमणमा गरेका छन् । भ्रमणका क्रममा नेपाल र दक्षिण कोरियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन ‘फ्रेमवर्क’…