काठमाण्डु – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आगामी चैत मसान्तभित्र संगठनको २४औं महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । बुधबार बसेको अनेरास्ववियुको १२औं सचिवालय बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनको तयारीका लागि आगामी माघ ६–८ गतेसम्म केन्द्रीय कमिटीको चौथो बैठक राखिने भएको छ । संगठनले स्ववियु निर्वाचन तयारीका लागि पुस…