काठमाण्डु – सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई १२औं महाधिवेशनको निर्वाचनमा विधानअनुसार अनलाइन सहभागिता सुनिश्चित गर्न निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले १२औं महाधिवेशनमा विधानअनुसार भौतिक रूपमा उपस्थित हुन नसक्ने प्रतिनिधिका लागि अनलाइनमार्फत मतदानको व्यवस्था गर्न संघलाई निर्देशन दिएको हो । मन्त्रालयले पठाएको पत्रमा भनिएको छ, ‘गैरआवासीय नेपाली संघको विधान २००३ (संशोधन २०२२) को दफा…