काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेको छ । बैठकमा प्रधानमन्त्री बालेन शाह लगातार दोस्रोपटक पनि अनुपस्थित भएको भन्दै बैठक बहिष्कार गरेको हो । बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको थियो । गृहमन्त्रीको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्रीसँग सुरक्षा प्रशासन र गृह मन्त्रालयसँग सम्बन्धित विभिन्न संवेदनशील विषयमा जवाफ…