महेश बस्नेतलाई ३१ हजार बढी मतले हराउदै राजीव खत्री विजयी

काठमाण्डु-भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री विजयी भएका छन् । खत्रीले नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई ३१ हजार ६१६ मतले हराउँदै सानदार जित हासिल गरेका हुन् । रास्वपाका खत्रीले ४२ हजार ३३३ ,एमालेका बस्नेतले १० हजार ७१७ र कांग्रेसका कबीर रानाले ८ हजार ३०५ प्राप्त गरेका छन् ।