रुपन्देही-४मा रास्वपाका कन्हैया बनियाँ विजयी

काठमाण्डु - रुपन्देही - ४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ निर्वाचित भएका छन् । उनले २८०६६ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत ल्याए । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले १५ हजार ६१३ मत ल्याए ।