रामेछाप – प्रतिनिधि सभा सदस्य निर्वाचनमा रामेछापबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार डा. कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन् । बुढाथोकीले २४ हजार ८०८ मत प्राप्त गरी निर्वाचित भएका रामेछापका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए । निर्वाचनमा नेकपा एमालेका उम्मेदवार माधव ढुङ्गेलले १७ हजार ६०९ मत पाएका छन् । नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६…